Logo
Logo

देव गुरुङलाई महासचिव बनाउने प्रचण्डको तयारी


2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पदाधिकारी टुंग्याउँने तयारी गरेको छ । माओवादीले आठौं महाधिवेशन गरेको करिब आठ महिनापछि पदाधिकारी टुंगो लगाउन लागेको हो ।

बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ । पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार आजको स्थायी समिति बैठकले पदाधिकारीको टुंगो लगाउनेछ ।

महासचिवमा देव गुरुङको सम्भावना रहेको छ । अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिव तथा वर्षमान पुन र जनार्दन शर्मालाई उपाध्यक्ष बनाउने तयारी गरेको एक नेताले बताएका छन् । उनका अनुसार आज बस्ने स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी टुंगो लगाउने तयारी गरेका छन् ।

यसअघि वर्षमान पुन र जनार्दन शर्मा महासचिव बन्ने चर्चामा आएको थियो । तर, अध्यक्ष प्रचण्डले नेताद्वयलाई उपाध्यक्षमा मनाउन सफल भएका छन् ।

यस्तै, कृष्णबहादुर महरा, मातृका यादव र पम्फा भुसाललाई पनि उपाध्यक्ष बनाउने तयारी गरिएको बताइएको छ । यसअघि नै अध्यक्ष प्रचण्डले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्