Logo
Logo

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गर्न आज सिंगापुर जाँदै


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज शनिबार सिंगापुर जाँदैछन् । उनी आज राति ९ः४५ बजे सिल्क एयरबाट सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेशनल युनिर्भसिटी हस्पिटलमा उपचार गराउँछन् ।
प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा जाँदै आएका थिए ।
प्रधानमन्त्रीसँग उनका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाहसमेत जानु हुने प्रेस सल्लाहकार अर्यालले जानकारी दिए । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर एक सातापछि स्वदेश फर्कनु हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्