Logo
Logo

एकीकृत समाजवादीबाट उम्मेदवार बन्न आठ मापदण्ड


5.5k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादील आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नेका लागि ८ वटा मापदण्ड तोकेको छ ।

पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार एकीकृत समाजवादीले भदौ २० गतेभित्र उम्मेदवार टुंगो लगाउने भएको छ । जसका लागि उम्मेदवार छनाटमा पार्टीले मापदण्ड तोकेको हो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा उम्मेदवार बन्नका निम्ति सम्बन्धित व्यक्ति पार्टीको कार्यदिशा नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको हुनुपर्ने छ । यस्तै, विद्रोहमा सक्रिय भूमिका निर्वाह गरेको र पार्टी निर्माणमा योगदान गर्नेलाई पार्टीले प्राथमिकता दिने भएको छ ।

यस्तै, उम्मेदवार बन्नका निम्ति पार्टी र क्रान्तिप्रति निष्ठा र अनुशासनमा दृढ रहेको हुनुपर्ने, आर्थिक एवं नैतिक आचरण राम्रो हुनुपर्ने र जनतामा स्थापित एवं लोकप्रिय हुनुपर्ने मापदण्ड तोकेको छ । चुनाव लड्नका निम्ति स्वच्छ छवि र सुशासनको पक्षपाती हुनुपर्ने एकीकृत समाजवादीले जनाएको छ ।

यस्तै, एकीकृत समाजवादीले उम्मेदवारको कार्यक्षमताको पनि मूल्यांकन गर्ने भएको छ । उम्मेदवार छनाटमा समावेशी र समानुपातिक आधार मानिने जनाइएको छ ।

यस्तै, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले भदौ १० गतेभित्र जिल्ला कमिटीमा उम्मेदवार सिफारिस गर्नुपर्नेछ भने जिल्ला कमिटीमा प्राप्त सिफारिसका आधारमा प्रदेश कमिटीमा भदौ १२ गतेभित्र सूची पठाउन एकीकृत समाजवादीले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्