Logo
Logo

‘अपराध अनुसन्धानका लागि प्रहरीलाई सुरक्षित र मजवुद् बनाउनुपर्छ’


504
Shares

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले अपराध अनुसन्धानका लागि प्रहरीलाई सुरक्षित र मजवुद् बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं प्रदेश १ प्रहरी कार्यालयको संयुक्त आयोजनामा संचालन भएको प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठीमा बोल्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।

उनले अपराध अनुसन्धान क्षेत्रमा प्रदेश सरकारले जुनसुकै प्रकारको सहयोग गर्ने बताए । गृहमन्त्रालयका केही कर्मचारीको असहयोगका बावजुत पनि सरकारले आफ्नो प्रदेशमा प्रहरीलाई सुरक्षित बनाउनका लागि लागेको मन्त्री कार्कीले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले पछिल्लो समय प्रविधिको प्रयोग गरी धेरैजसो अपराधहरु बढिरहेको बताए । त्यस्ता अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरी प्रविधीमैत्री हुनुको विकल्प नरहेको बताए ।

उनले अपराध अनुसन्धानमा प्रमुख तीन पिल्लरको रुपमा रहेको अनुसन्धान, अभियोजन र न्याय निरुपण एक आपसमा समन्वय, सहकार्य मार्फत मात्र पिडितले न्याय र वास्तविक पिडकले सजाय पाउने कुरामा जोड दिए ।

यसैगरी आन्तरीक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले अपराध अनुसन्धान क्षेत्रमा प्रहरीले गरेका कार्यहरु प्रशंसायोग्य रहेको बताउँदै अपराध अनुसन्धान तथा नियन्त्रणमा सम्बद्ध सबै निकाय तथा सहयोगी निकायहरु पनी उत्तिकै जिम्मेवार हुनु पर्नेमा जोड दिए ।

स्तै प्रदेश प्रहरी प्रमुख सुदिप गिरीले अपराध गर्ने बदलिदो शैली एवं आवरण, फैलँदो अपराधिक संजालले थप चुनौतीहरु आइरहेको सन्दर्भमा अपराध अनुसन्धानको कार्यमा सबै क्षेत्रबाट सहयोग हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी उत्तमराज सुवेदी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, उच्च अदालत बिराटनगरका रजिष्ट्रार जितेन्द्र थपलिया, उच्च अदालत बिराटनगरका सह–न्यायाधिवक्ता कोषहरी निरौला, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी, प्रहरी कर्मचारीहरु लगायत १५० जनाको उपस्थित रहेको थियो ।

अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, १ नम्बर प्रदेश भित्रका अपराध अनुसन्धान गर्ने इकाईहरुको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु वीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयवीच समन्वयको विकास गर्ने उद्देश्यका साथ प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठीको आयोजना भएको हो ।

प्रतिक्रिया दिनुहोस्