Logo
Logo

केन्द्रिय पदाधिकारीसँग धनकुटा कांग्रेसको छलफल


4.7k
Shares

धनकुटा । नेपाली कांग्रेस धनकुटाको टोलीले पार्टीका केन्द्रिय उपसभापति, महामन्त्री र सहमहामन्त्रीलाई भेटेको छ ।

भेटमा संगठन विस्तार र आगामी निर्वाचनका सम्बन्धमा छलफल भएको र टिकट वितरण गर्दा जिल्लाको सिफारिसको आधारमा मात्र गर्न सुझाव दिएको छ । उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री भीष्मराज आङदम्बेसँग टोलीले छलफल गरेको हो ।

कांग्रेस धनकुटाका सभापति दिनेश राई, सचिव विजय सन्तोषी राई, महालमक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राया, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, महाधिवेशन प्रतिनिधि करुणा कटुवाल, क्षेत्रिय सदस्य राजेश्वरबहादुर श्रेष्ठले निर्वाचन जित्नका लागी केन्द्रको समेत महत्वपूर्ण सहयोग हुनु पर्नेमा जोड दिए ।

संघ र प्रदेशका उम्मेदवार चयन गर्दा जिल्लाको सिफारिसको आधारमा लोकप्रिय नेतालाई उम्मेदवार बनाउन सुझाव दिनु भएको सचिव विजय सन्तोषी राईले बताए ।

टोलीले केही दिनदेखि काठमाडौंमा रहेका विभिन्न सरोकारवालासँग जिल्लाको विकास र समृद्धिका विषयमा छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्