Logo
Logo

पात्रो प्रकाशनका लागि १७ वटा निवेदन


504
Shares

काठमाडाैं । विसं २०८० को पात्रो प्रकाशनका लागि १७ वटा निवेदन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

२०८० सालको पञ्चाङ्ग प्रकाशन गर्नका लागि निवेदन दिन साउन ४ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरी समितिले १ महिनाको समय दिएको थियो ।

समितिको सूचनाअनुसार पुराना १४ पञ्चाङ्ग र नयाँ ३ गरी १७ वटा निवेदन प्राप्त भएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । स्वीकृतिका लागि निवेदन दिने नयाँ पात्रोमा मुक्तिनाथ, नेपाल र ज्वाला पञ्चाङ्ग छन् । यी तीनवटै पञ्चाङ्ग यो वर्ष पनि समितिसँग स्वीकृति नलिइ प्रकाशनमा छन् ।

केही महिना प्राप्त निवेदनमाथि छलफल, चाडपर्वको निर्णय, ग्रहगणितको रुजु गरी प्रकाशनको स्वीकृति दिइनेछ । पुससम्म सबै प्रक्रिया पूरा गरेर पात्रो प्रकाशनको स्वीकृति दिइसक्ने समितिको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्