Logo
Logo

प्रचण्डद्वारा २१ पद प्रस्ताव, महासचिवमा सात जनाको दावी


9.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले शु्क्रबार पनि पदाधिकारी टुंगो लगाउन सकेन । पदाधिकारी चयन गर्ने भन्दै बोलाएको स्थायी समिति बैठक निष्कर्षविही सकियो ।

पार्टीका पदाधिकारी चयन पेचिलो बन्दै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१ पद प्रस्ताव गरेका छन् ।
शुक्रबार बसेको बैठकमा स्थायी समिति बैठकमा अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव पेस भएको हो ।

बैठकले पदाधिकारी चयन गर्ने भनिएपनि महासचिवमै ७ जनाले दाबी गरेपछि टुंगो नलागेको एक नेताले बताए । जनार्दन शर्मा, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन र शक्ति बस्नेले महासचिवमा दावी गर्दै आएका छन् । अर्का नेता देव गुरुङ समेत मासचिव बन्ने चर्चा छ ।

माओवादीको विधानमा पदाधिकारीको संख्या प्रस्ट नभएकाले अध्यक्ष प्रचण्डले आफ्नो तजबिजमा नेता व्यवस्थापन गर्न २१ सदस्यीय प्रस्ताव गरेका हुन् । अध्यक्ष प्रचण्डले एक अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष एक–एक जना, उपमहासचिव ७ र सचिव ९ जना रहने प्रस्ताव गरेका छन् ।

अहिलेसम्म माओवादीमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा चयन भइसकेका छन् । अब बाँकी नेताहरुको व्यवस्थापन महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्