Logo
Logo

२१ सदस्यीय पदाधिकारी बनाउने अध्यक्ष प्रचण्डको प्रस्ताव


3.3k
Shares

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव पेस गरेका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने प्रस्ताव पेस गरेका हुन् ।

बैठकमा उनले पदाधिकारीमा रहने नेताहरूको नाम पनि प्रस्ताव गरेको बताइएको छ । बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल भइरहेको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्