Logo
Logo

देव गुरुङ महासचिव बन्दै, पदाधिकारी को-को ? (सूची)


10k
Shares

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेका छन् । जारी स्थायी कमिटी बैठकमा प्रचण्डले महासचिवमा देव गुरुङको नाम प्रस्ताव भएको छ ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर, उपमहासचिवमा गरिराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत प्रस्ताव भएका छन् ।

सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हित राज पाण्डे, डिलाराम शर्मा र राम कार्की छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल प्रस्ताव भएका छन् ।

प्रतिक्रिया दिनुहोस्