Logo
Logo

जनार्दन र वर्षमानलाई पछि पार्दै देव गुरुङ बने माओबादीको महासचिव


5.4k
Shares

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ ।

जारी स्थायी कमिटी बैठकमा प्रचण्डले गरेको उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हा । यो सँगै पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङ चयन भएका छन् ।

त्यस्तै उपमहासचिवमा गिरिराजमणि पोख्रेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुषाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृकाप्रसाद यादव, सचिवमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की चयन भएका छन्।

कोषाध्यक्षमा श्रीराम ढकाल चयन भएका छन् । बैठकले १२५ जनाको पोलिटब्युरो बनाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्