Logo
Logo

नेता गिरिको आजै अन्त्येष्टि गरिने


567
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आजै अन्त्येष्टि गरिँदै छ। ७५ वर्षको उमेरमा शनिबार राति निधन भएका गिरिको आज हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिने भएको छ।

कांग्रेस संसदीय दलको कार्यालयका अनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । त्यसअघि, उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा सदस्यसमेत रहेका गिरि लामोसमयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति साढे ९ बजे उनको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्