Logo
Logo

देउखुरीमा राप्ती करिडोर बनाइने


567
Shares

दाङ । लुम्बिनीको राजधानी देउखुरीस्थित राप्ती नदी किनारमा करिडोर बनाइने भएको छ ।

एसियाली विकास बैंकको लगानीमा दुवै किनारमा पक्की सडक हुने भएको हो । सहरी विकासमन्त्री मेटमणि चौधरीले शनिबार सडकको शिलान्यास गरे ।

नदीको दुवैतर्फ गरी १ सय ३५ किलोमिटर लम्बाइ र २१ मिटर चौडा सडक निर्माण गरिने सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले बताए ।

करिडोर निर्माणका लागि १० अर्ब बजेट आवश्यक पर्ने बताइएको छ । करिडोरमा चारवटा सहर बसाउने योजना छ । भालुबाङ, गढवा, राजपुर र बाँकेको अगैयामा सहर हुने गरी करिडोर निर्माण हुन लागेको हो ।

करिडोरले जग्गा व्यवस्थापनका साथै नदी किनारको सुन्दरता बढाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्