Logo
Logo

विरोध खतिवडा मकवानपुर २ बाट सिफारिस


2.3k
Shares

मकवानपुर । नेकपा एकीकृत समाजवादीले मकवानपुर–२ बाट विरोध खतिवडालाई प्रतिनिधीसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी क्षेत्र नं २ को शनिबार बसेको बैठकले खतिवडाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । भदौ १० गते बस्ने जिल्ला कमिटी बैठकले प्रदेश कमिटीमा सिफारिस गर्ने जिल्ला सचिव विष्णु दाहालले जानकारी दिए ।

खतिवडाले यसअघि उक्त क्षेत्रबाट लगातार ४ पटक जितिसकेका छन् । २०४८, २०५१, २०५६ र २०७४ सालमा भएको निर्वाचनमा उनी विजयी भएका थिए । यस्तै, समानुपातिकमा केदार न्यौपाने, राजाराम स्याङतान र मुनु सिग्देल तथा राष्ट्रियसभामा ललित बस्नेतको नाम सिफारिस गर्ने निर्णय भएको छ ।

बसेको प्रतिनिधीसभा–२ को प्रदेश क र ख का लागि पनि उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रदेश क मा रामचन्द्र बललाई प्रत्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै, समानुपातिकमा बेगम बरालको नाम सिफारिस गरेको छ ।

देशसभा ख मा प्रत्यक्षमा भुमिनन्द अर्याल, समानुपातिकमा गोविन्दराम चेपाङ, कृष्णबहादुर चेपाङ, सूर्यमान चेपाङ (कर्ण) र मनिला विष्टलाई उम्मेदवार बनाउने भएको छ ।

बैठकमा नेताहरु विरोध खतिवडा, रामचन्द्र बल, ललित बस्नेत, सूर्यचन्द्र न्यौपाने लगातयको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्