Logo
Logo

यो पटकमात्र चुनाव लड्छु : झलनाथ खनाल


2k
Shares

भैरहवा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू यसपाली अन्तिम पटकका लागि प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले यसपटक इलामको क्षेत्र न. १ बाट सत्तारूढ गठबन्धनको तर्फबाट चुनाव लड्ने बताउँदै भने, ‘यो पटक मेरो अन्तिम उम्मेदवारी हो ।’ आइतबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले यस्तो बताएका हुन् ।

पत्रकारहरुको ‘राष्ट्रपति हुने सहमतिमा चुनाव नलड्ने चर्चा छ नि ?’ भन्ने प्रश्नमा नेता खनालले भने, ‘जनतासँगको माया–पिरती टुटेको छैन, ४८ सालदेखि चुनाव लड्दै आएको छु, अब एक पटक लड्छु ।’ उनले इलाम–१ बाट जित्ने विश्वाससमेत व्यक्त गरे । उनले भने, ‘चुनावमा गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ । हामी जित्छौँ पनि ।’ उनले गठबन्धन कहिलेसम्म जान्छ भन्ने अहिले बताउन नकिएपनि चुनावसम्म चाहिँ जाने बताए ।

दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डन सिर्जना भएको बताउँदै नेता खनालले तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए । अहिले आफूहरू नेकपा माओवादी केन्द्रसँग निकटतामा रहेको पनि बताए ।

नेता खनालले भने, ‘मुलुकका लागि बृहत वामपन्थी एकताको आवश्यकता थियो, त्यो भएन तर समाजवादी रूपान्तरणको शिलशिलामा एकताबद्ध हुनैपर्छ ।’

प्रतिक्रिया दिनुहोस्