Logo
Logo

मनमैजुबाट ३६ हजार नगदसहित ९ जना जुवाडे पक्राउ


1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु बाईपास मनमैजुबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मनमैजुमार्ग बस्ने ६३ वर्षीय लक्ष्मी भक्त मानन्धरको घरमा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मी भक्तसहित ९ जनालाई
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार रूपैयाँ र ८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्