Logo
Logo

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ


378
Shares

मोरङ । नेपाल प्रहरीले विभिन्न प्रतिबन्धित लागुऔषध कारोबार र आसारपसारमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ ।

मोरङको लेटाङ नगरपालिका-३ कमलपयरबाट नियन्त्रित औषधी ट्रामाडोल १ हजार ३ सय ५० ट्याब्लेट र स्पासपेन ९ सय ६० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय आसन राई लगायत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त औषधी सहित पक्राउ गरेको हो ।

त्यसैगरी, उदयपुर चौदण्डीगढी नगरपालिका-३ स्कुलबारीबाट अवैध लागूऔषध करिब १ केजी गाँजा सहित सोही ठाउँ बस्ने ५९ वर्षीया लामु शेर्पालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसाहबाट खटिएको प्रहरीले उनको कोठा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, कैलाली धनगढी उपमहानगरपालिका-१२ जुगेडा कम्पनी टोलबाट अवैध लागूऔषध १ केजी चरेश सहित सोही ठाउँ बस्ने ३६ वर्षीय दिनेश सिंहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको पसल तलासी गर्दा लुकाई राखेको उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी धनुषा जनकपुर उपमहानगरपालिका-२२ बसबिट्टीबाट अवैध लागूऔषध गाँजा १ केजी ५ सय ग्राम र नगद ६८ हजार ९ सय ६४ रूपैयाँ सहित सोही ठाउँ बस्ने ५५ वर्षीय खेलावन मुखियालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो जनकपुर र प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले मुखियाको घुम्ती किराना पसल जाँच गर्दा लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्