Logo
Logo

सिंगापुरमा समलिंगी यौन सम्बन्धले पायो कानूनी मान्यता


630
Shares

सिंगापुर । सिंगापुरमा समलिंगी यौन सम्बन्ध माथिको प्रतिबन्ध फुकुवा गर्दै कानूनी मान्यता दिएको छ ।

सिंगापुरमा समलिंगी यौन सम्बन्धको बारेमा वर्षौंदेखि चल्दै आएको चर्को बहसपछि प्रधानमन्त्री लि सिएन लुंगले समलिंगी सम्बन्धलाई कानूनी मान्यता दिने घोषणा गरेका हुन् । सिंगापुर पुरातन सामाजिक मूल्य मान्यताका लागि चिरपरिचित रहेतापनि त्यहाँका अधिकांश जनताले ब्रिटिस साम्राज्यकालीन कानूनको धारा ‘३७७ ए’ अन्त्य गर्नुपर्ने दवाव दिँदै आएका थिए।

भारत, ताइवान र थाइल्यान्डपछि पुरूष तथा महिला समलिंगी, तेश्रो लिंगी, एवं बहुलिंगी (एलजीबीटी) को अधिकारबारे सम्बोधन गर्ने सिंगापुर एसियाको पछिल्लो मुलुक बनेको छ । सरकारको यो निर्णयको सिंगापुरका समलिंगीहरूले स्वागत गर्दै खुशियाली समेत मनाएका छन् ।

सिंगापुरले सन् १९६५ मा बेलायतबाट स्वाधिनता हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्