Logo
Logo

गुप्तचरमा को बन्ला प्रमुख ?


5.5k
Shares

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा चार महिनापछि एआइजी बढुवाको चलखेल सकिएको छ भने नयाँ प्रमुख नियुक्तिको लडाई सुरु भएको छ । सरकारले दुई साताअघि हुतराज थापा र ओम जोशीलाई अतिरिक्त प्रमुख अनुसन्धान निर्देशकमा बढुवा ग¥यो । दुई जनाबीच कसलाई बढुवा गर्ने भन्ने विवादपछि एक दरबन्दी नै थपेर दुई जनाको बढुवा गरिएको थियो ।

बढुवा भएका थापा र जोशीमध्ये एक २८ भदौमा विभागको प्रमुख हुनेछन् । हालका प्रमुख यदुलाल खरेलले तीन सातापछि अकावश पाउँदैछन् । त्यसपछिको नियुक्तिका लागि फेरि चलखेल सुरु भइसकेको छ । पहिलो नम्बरमा बढुवा भएकाले हुतराजको प्रमुख हुने सम्भावना छ ।

उनलाई प्रशासन विभागको जिम्मेवारी दिइएको छ । तुलनात्मक रुपमा व्यवसायिक पनि भएकाले तीन वर्षका लागि उनी विभागको प्रमुख हुने सम्भावना रहेको स्रोत बताउँछ । उनीपछि पनि जोशी विभागको प्रमुख हुने सम्भवना रहन्छ ।

गोप्य सूचनामा पहुँच हुने भएकाले गुप्तचर प्रमुख नियुक्तिमा ठूला नेताको चासो हुने गर्दछ । अझ विदेशीले समेत यस्तो चलखेल गर्ने गरेका छन् । यस्तै चलखेलले कमजोर बनेको गुप्तचरको नयाँ नेतृत्व चयनमा यसपटक पनि ठूलै शक्तिसंघर्ष नहोला भन्न सकिन्न ।

उता विभागका अनुसन्धान निर्देशक पदमा बढुवाको पनि दौडधुप सुरु भइसकेको छ । हाल दुई पद रिक्त रहेकोमा आगामी सातादेखि थप तीन पद खाली हुनेछन् । पदावधिका कारण हरिहर शर्मा पौडेल, सुनिल ढकाल लगायतले अवकाश पाउनेछन् ।

त्यसलगत्तै विभागको तल्लो तहसम्म बढुवा खुल्नेछन् । ३० वर्षे सेवाहद हटेपछि विभागमा बढुवाको जाम छ । अझै उच्च पदमा लामो समयदेखि पद रिक्त राख्दा तल्लो तहसम्म त्यसको असर परेको थियो । तर, अहिले बढुवाको तयारी भएपनि त्यसमा बालुवाटार निकट बिचौलियाहरुले चलखेल सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्