काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले विभिन्न पार्टीबाट प्रवेश गरेका नेता कार्यकर्ताको व्यवस्थापन गर्न विशेष निर्देशन दिएको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले कार्यविधि नै बनाएर देशभर पार्टी प्रवेश गरेकाहरूको विवरण दुरुस्त राख्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएका हुन् ।
एमालेले एमालेप्रति जनलहर बढेको भन्दै पार्टी प्रवेशलाई निरन्तरता दिने निर्णय गरेको छ । ओलीले नवप्रवेशीहरुलाई केन्द्रको अनुमतिमा जिल्ला वा मातहत कमिटीमा मनोनयन गर्न र समस्या भएमा माथिल्लो कमिटीसँग समन्वय गर्न निर्देशनका हुन् ।
एमालेले विभिन्न दलबाट प्रवेश गरेका केन्द्रीयस्तरका नेताहरुलाई सल्लाहकार र केन्द्रीय कमिटीमा गरेको मनोनयन अनुमोदन पनि गरेको छ ।