Logo
Logo

बानेश्वर र बिजुलीबजार क्षेत्रका अनाधिकृत संरचना तत्काल हटाउन महानगरको निर्देशन


756
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंको बानेश्वर, बिजुलीबजार लगाएतमा क्षेत्रमा पुगेर अनाधिकृतरुपमा राखेका पसल लगाएतका संरचना तत्काल हटाउन पुन निर्देशन दिएका छन् ।

नक्सापासमा रहेको मापदण्ड बिपरितको संरचना हटाउने अभियानलाई तीव्र पारेको महानगरले बिहीबार बिभिन्न स्थानमा पुगेर अनाधिकृत संरचना हटाउन पुन निर्देशन दिएको हो ।
यसअघि महागरले अनाधिकृत संरचना हटाउन ३५ दिने सूचना निकालेको थियो । तर केहि व्यापारिहरुले अटेर गरेपछि महानगरले डोजर लगाएर नै अनाधिकृत संरचना हटाउन थालेको छ ।

महानगरको उक्त कदमप्रति केहिले तीव्र असन्तुष्टि पोखेका छन् । व्यापारिहरुले महानगरको ३५ दिने सूचनाबारे घरबेटीले आफुहरुलाई जानकारी नै नगराएकाले केहि दिनको म्यान दिन आग्रह गरेका थिए ।

त्यस्तै बिहीबार बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेसको निरिक्षण गर्ने क्रममा बालेन्द्र साह र कम्प्लेसका प्रतिनिधिबीच भनाभन नै भएको थियो । एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएको भन्दै महानगर एक्सनमा उत्रेको हो ।

प्रतिक्रिया दिनुहोस्