Logo
Logo

राजा महेन्द्रका ज्वाईसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


19.6k
Shares


काठमाडौं । मन्दिरको नामको जग्गा व्यक्तिको नाममा पास गराएको अभियोगमा ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । राजा महेन्द्रका ज्वाई कुमार खड्ग बिक्रम शाह तथा मालपोत र गुठीका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।


जनकपुरको मन्दिरको जग्गा मालपोत कर्मचारीको मिलेमतोमा कुमार खड्गबिक्रमको नाममा ल्याइएको थियो । कुमार खड्ग बिक्रमको निधन भइसकेको छ ।


गुठीका तत्कालिन हाकिम मधु बाँस्तोकोटी, मालपोत नासु यमुना पंजियार, खरिदार जगदेव कामती र अन्य जग्गा जफतका लागि प्रतिवादी बनाइएको छ । २९ करोड ८८ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

कुमार खड्ग बिक्रम शाहको श्रीमती शारदासहित दरबार हत्याकाण्डमा मृत्यु भएको थियो । उनका छोरा दिवश बिक्रम शाहलाई समेत अख्तियारले प्रतिवादी बनाएर मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्