Logo
Logo

कोरेसो मसला नेपाली बजारमा, उत्कृष्ट बजार पाउने कम्पनी दाबी


189
Shares

काठमाडौं । काठमाडौं उपत्यकालाई लक्षित गरी ३ युवाले कोरेसो मसाल बजारमा ल्याएको छ । कामना फुड एण्ड विभ्रेज पोडक्ट तार्केश्वर ७ काठमाडौं उत्पादनमा उक्त कोरेसो उपत्यकाका हरेक क्षेत्रमा उपलब्ध हुने छ ।

प्राकृतिक स्वादमा कुनै परिवर्तन नगरी गुणस्तरीय स्वादमा मसला उत्पादन गरिएको कम्पनीको भनाइ । कम्पनीले भान्सँका लागि चाहिने सबैखाले तरकारी, मटन, चिकन, माछा (मिक्स, खुर्सानी, धनिया, जीरा र बेसार) मा प्रयोग हुने लगायतका मसला बजारमा ल्याएको संचालक हर्क बोहराले बताए ।

प्राकृतिक स्वादमा कुनै परिवर्तन नै नगरि गुणस्तरिय स्वादमा मसला उत्पादन गरिएको उनी बताउछन् बजारमा आएका अधिकांश मसला बाहिरबाट हेर्दा स्वादिलो देखाइएपनि प्रयोग गर्दा बास्ना हराउने समस्यालाई मध्यनजर गर्दै आफुहरूले मसलाको प्राकृतिक स्वाद नहट्ने गरी उत्पादन गरिएको कम्पनीको दाबी छ ।

नेपाली बजारमा सबैभन्दा बढि भारतीय मसला प्रयोग भइरहेको छ । स्वदेशमा उत्पादित पनि सानो परिणाममा भएको हुनाले नेपाली मसलाले माग धान्न सकिरहेको छैन । यस्तो अवस्थामा कम्पनिले ठुलो परिणाममा लगानी गरि राजधानी काठमाडौमै उत्पादन सुरू गरेको र उपत्यका बाहिरपनि आक्रामक बजार विस्तार गर्ने कम्पनीको योजना रहेको बोहरा बताउछन् । यसले नेपालको उत्पादनमा थप सहयोगी पुग्नुका साथै देशलाई आत्मनिर्भर बनाउन पनि युवाहरू उत्पादन संग जोडिनु पर्छ भन्ने उनको बोहराको थियो ।

नेपालकै उत्पादित कच्चा पदार्थबाट बनेको शुध्द गुणस्तरीय मसाला क्रमश ४५, १००, २००, ५०० र १००० ग्राममा उपलब्ध रहेको छ । आरआरमा स्नातक अध्ययनरत सन्दिप पौडेल, विवेक गैरे र हर्क बोहराले उक्त मसला बजारमा ल्याएका हुन ।

प्रतिक्रिया दिनुहोस्