Logo
Logo

एमालेले गठन गर्‍याे ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी


2k
Shares

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाएको छ ।

ललितपुर च्यासलस्थित केन्द्रीय पार्टी मुख्यालयमा आइतबार बसेको निर्वाचन परिचालन कमिटीको पहिलो बैठकले उक्त कमिटी बनाएको हो ।

साथै, कमिटीमा ३४ सदस्यीय केन्द्रीय सचिवालयसमेत गठन गरिएको छ । परिचालन कमिटीको सचिवमा उपमहासचिव विष्णु रिमाल चयन गरिएको छ ।

बैठकमा अध्यक्ष ओलीले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिन र विजय हासिल गर्न अठोटका साथ लाग्न निर्देशन दिएका छन् ।

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीहरू, जनसंगठनका अध्यक्ष र महासचिव तथा पार्टीको केन्द्रीय विभागका सचिवहरूलाई समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्