Logo
Logo

नागरिकता विधेयकमाथि छलफल गर्न विधायन समितिको बैठक बस्दै


1.3k
Shares

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आह्वान भएको छ । नागरिकता विधेयकमा पुनर्विचार गर्न सोमबार मध्यान्न १२ बजेका लागि बैठक बोलाइएको समितिका जेष्ठ सदस्य नारायण दत्त मिश्रले जानकारी दिए ।

नागरिकता विधेयकमा पुनर्विचार गर्न कसैले बाहिरका विज्ञहरु समेतलाई बोलाउनुपर्ने सुझाव दिएको उनले बताए । तर मिश्रले समितिमा रहेका १५ जना सदस्यहरु राखेर ब्यापक छलफल गराएर पारित गर्ने तयारी गरेको बताए ।

भदौ २ गते प्रतिनिधिसभाले राष्ट्रपतिले पुनर्बिचारका लागि फिर्ता पठाएको सन्देशउपर छलफल गरेर, विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । आइतबार मात्रै राष्ट्रिय सभाले उक्त विधेयक पुनर्बिचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्