Logo
Logo

कांग्रेसले शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन : प्रचण्ड


8.3k
Shares

ललितपुर । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्ने बताएका छन् ।

पार्टीका बाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरुको पहिलो प्राथमिकता काँग्रेससहित गठबन्धन बनाएर जानेमा जोड रहेको बताए ।

उनले यदि काँग्रेस तालमेलमा सीट संख्या मिलाउने सवालमा कन्जुसाइ गरे विचार मिल्ने गठबन्धनभित्रका कम्युनिस्ट पार्टीसँग मोर्चाबन्दी गरेर जाने बताए ।दाहालले सकेसम्म आगामी चुनावमा सत्ता गठबन्धन कायमै रहने बताए थिए ।

प्रतिक्रिया दिनुहोस्