Logo
Logo

चोलेन्द्रमाथिका आरोपबारे बारले महाअभियोग समितिलाई बुझायो ३४ वटा प्रमाण


2.3k
Shares

काठमाडौं । नेपाल बार एशोशिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको आरोपसँग सम्बन्धित कागजात, विवरणलगायतको प्रमाण प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिसमक्ष बुझाएको छ ।

बारको ३४ बुँदे विवरणमा विभिन्न मुद्दासँग सम्बन्धित फैसला, न्यायाधीशहरूको सरुवा बढुवा, मुद्दा प्रभावित पार्न गरिएका टेलिफोनलगायतका विषय समावेश गरिएको छ ।

साथै मिडियामा प्रकाशित समाचारको लिंक पनि राखिएको छ । समितिले निलम्बित जबरालाई भदौ १५ गते बयान लिँदैछ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘प्रधानन्यायाधीश जबरा उपरको नेपालका संविधानको धारा १०१ वमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्ने महाभियोग आरोपसँग सम्बन्धित कागजात, विवरण, जानकारी लगायतका प्रमाणहरु यस निवेदनसँग संलग्न गरी पठाईएको व्यहोरा अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्