Logo
Logo

कोहलपुरमा घुुमवा प्रहरीको आतंक


380.5k
Shares


बाँके । बाँकेको कोहलपुर क्षेत्रमा प्रहरी सेटिङमा अवैध धन्दा फस्टाएको छ । कतिसम्म भने लागुऔषध कारोबार गर्नेहरुले समेत प्रहरीका घुमुवासँग सेटिङ मिलाएका छन् ।


इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले प्रहरी हवल्दार गोपाल खड्का, सहायक हवल्दार शशी शाह र जवान घनश्याम केसीलाई घुमुवाका रुपमा खटाएका छन् । उनीहरुले पछिल्लो समय लागुऔषध कारोबारीसँगै मासिक एक लाख रुपैयाँसम्म उठाउन थालेको स्रोत बताउँछ । कोहलपुर नगरपालिका–११ स्थित सानिामा क्याफे र डोको होटलमा अवैध गतिविधि हुने गरेकोमा उनीहरुले नै पैसा लिएर संरक्षण दिने गरेको एक स्थानीय बताउँछन् ।


त्यस्तै मानखोला र राप्ती नदीको बालुवातस्करी तथा क्रसरमा पैसा उठाउने जिम्मा उनीहरुले नै पाएका छन् । काठतस्करीदेखि अवैध सामानको ओसारपसार पनि बढेको छ । आफुहरुले प्रदेशका डिआइजी नलप्रसाद उपाध्यायसम्मलाई सेटिङ मिलाएर काम गरेको भन्दै माथि उजुरी नगर्नसम्म धम्काउने गरेको स्रोत बताउँछ । आफुलाई कसैले कारबाही गर्न नसक्ने भन्दै डिएसपी मल्ल यसरी असुली धन्दामा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्