Logo
Logo

एनआरएनएमा १ देश १ परियोजना समिति


504
Shares

अमेरिका । गैरआवासिय नेपाली संघले १ देश १ परियोजना उपसमिति गठन गरेको छ ।

संघले आइसीसी सचिव शंकर खड्काको संयोजकत्वमा गठित समितिलाई पुर्णता दिइएको हो । समितिमा विश्वभरका एनआरएनए क्षेत्रिय संयोजक तथा एनसीसी अध्यक्षहरु रहेका रहेका छन् ।

विस्तारित समितिमा ५ जना सल्लाहका छन् । जसमा आस्थाविन्दु मल्ल दक्षिण कोरिया, श्रद्धा ज्ञवाली नेपाल, विजय मोक्तान जर्मनी, डा. विनोद शाह अमेरिका र कृष्ण गिरी अष्ट्रेलिया रहेका छन् ।

त्यसैगरी शंकर खड्का संयोजक तथा सहसंयोजकमा एसिया प्यासिफिकबाट पारसमणी पोख्रेल, मिडिल ईष्टबाट मनोज गोर्खाली, अफ्रिकाबाट राजकुमार थापा, अमेरिका क्षेत्रबाट प्रकास सापकोटा रहेका छन्।

यूरोपबाट सन्तोष भट्टराई, ओसियानाबाट दिनेश जोशी र सदस्य सचिवमा अमेरिकाबाट होमप्रसाद लम्साल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्