Logo
Logo

खोटाङबाट जसपाका अशोक राईसहितको नाम सिफारिस


567
Shares

खोटाङ । जनता समाजवादी पार्टी -जसपा_ खोटाङले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।

जनता समाजवादी पार्टीले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार टुंगो लगाएको जानकारी दिएको छ ।

४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि जसपाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ संघीय परिषद अध्यक्ष अशोक राई र डा. कृष्णकुमार (केके) राईको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ पर्शुराम बस्नेत, देवराज राई, तेजमायाँ राई, प्रेमकुमार राई र सुनिल चाम्लिङलाई सिफारिस गरेको छ ।

यस्तै, प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ राकेश राई, नविन राई, विवेक राई, हेमन्त राई र मविन्द्र राईको नाम प्रदेश कमिटि समक्ष सिफारिस गरिएको छ । समानुपातिकतर्फ तेजमायाँ राई, नैनबहादुर कट्वाल, बच्चु राई, कमानसिं राई र झुमा पोखरेल सिफारिस भएका छन् ।

प्रदेशसभा (ख) मा प्रत्यक्षतर्फ देबराज राई र प्रेमकुमार राईको नाम अघि सारिएको छ । समानुपातिकतर्फ रमेश राई, लालबहादुर राई, नैनकला राई, रबिन खम्बू र चक्रप्रसाद फुयाँललको नाम सिफारिस गरिएको जसपाले जनाएको छ ।

जसपाले आसन्न निर्वाचनलाई लक्षित गर्दै नेता देवराज राईको संयोजकत्वमा ‘जनताको आह्वान जसपाको अभियान, संघीयता र सुशासन’ भन्ने नारासहित जिल्लाभरी संगठन सुदृढीकरण तथा चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएको छ । यस्तै, प्रदेशसभा -कमा राकेश राई र प्रदेशसभा (ख)मा प्रेम राईको संयोजकत्वमा अभियान सञ्चालन समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्