Logo
Logo

आपसी झगडामा आँगनबाट लडेर बुबाको मृत्यु, छोरा पक्राउ


1.6k
Shares

रुपन्देही । आपसी झगडामा दिपक पुनले आँगनबाट धकेल्दा प्रेम प्रसाद पुनको घटनास्थलमै मृत्यु भएको छ ।

५१ वर्षीय बुबा प्रेम प्रसाद पुन र २७ वर्षीय छाेरा दिपक पुनको आपसमा विवादको क्रममा धकेल्दा आँगनबाट लडेर बुबा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त घटनामा बाबुको हत्या गरेको अभियोगमा छोरा दिपक पुनलाई प्रहरीले पक्राउ गरेको छ । उक्त खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्