Logo
Logo

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रक्रियाबाटै अघि बढाउन एमालेकाे माग


63
Shares

काठमाडाैं । नेकपा एमालेका सांसदहरुले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फाष्ट ट्रयाकबाट नभइ नियमित प्रक्रियाबाटै अघि बढाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफलका क्रममा उनीहरुले हतारमा संक्रमणकालीन न्यायको विषय टुंगाउन खोज्नु उचित नहुने धारणा राखेका हुन् ।

एमाले सांसद प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायसम्बन्धी विषय अन्तर्राष्ट्रिय रुपमा पनि स्वीकार्य हुनुपर्ने धारणा राखे । उक्त बिधेयक पारित गर्दा प्रक्रिया उल्लंघन गरेमा थप गिजोलिने उनकाे भनाइ छ । त्यस्तै एमालेका अर्का सांसद भीम रावलले नेपालमा पुन द्वन्द्व चाहने खेलप्रति सरकार र राजनीतिक दलहरु सजक हुनुपर्ने बताए ।

द्वन्द्वकालमा भएका जघन अपराधका बिषयलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै उनले नेपालीहरुले अन्तराष्ट्रिय समूदायलाई पनि ध्यान दिदै उहाले उचित तवरले यस बिषयलाई टुङ्गाउनुपर्ने धारणा राखे । त्यस्तै एमालेका अर्का सांसद खगराज अधिकारीले निर्वाचनको मिति तोकिसकेपछि बिधेयक ल्याएर सरकारले झारो टार्ने काम गर्न खोजेको तर्क गरे ।

छलफलका क्रममा सत्तापक्षका सांसदले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन ढिला गर्न नहुने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्