काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा बुधबार सम्ममा सीट संख्या टुंगो लाग्ने बताएका छन् ।
पार्टीको उपत्यका विशेष कमिटीको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले तीन स्टेपमा गरेर चुनावी तालमेलको प्रक्रिया टुंगो लगाउने बताए ।
अध्यक्ष प्रचण्डले आज बिहान काँग्रेसका नेता र गठबन्धनका नेताहरुसँग कुरा भएको भन्दै भने, ‘आज बिहान काँग्रेसका नेता र गठबन्धनका नेताहरुसँग कुरा भएको छ । पर्सीसम्म सीट संख्या टुंग्याउने भन्ने छ । सीट संख्या टुंग्याउने नजिक नजिक पुगेका छौ । अब टुंगो लाग्छ ।
‘पहिलो स्टेपमा संख्या टुङ्ग्याउँछौँ । भदौ २० गतेसम्ममा कुन क्षेत्र माओवादी, कुन क्षेत्र काँग्रेसलाई, कुन क्षेत्र एकीकृत समाजवादी, जसपा र जनमोर्चालाई भनेर क्षेत्र र प्रदेश टुङ्ग्याउँछौँ’, उनले भने ।
त्यस्तै, आगामी भदौ २५ गतेसम्म गठबन्धनका सबै दलले आ–आफ्नो पार्टीको उम्मेदवार फाइनल गर्ने प्रचण्डले बताए ।