काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएका छन् ।
निर्वाचन आयोगमा दर्ता भएका ७६ दलमध्ये समानुपातिकतर्फ भाग लिन ६८ दलले निवेदन दिएका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
आयोगका अनुसार प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं. १ मा ५५, मधेशमा ५९, बागमतीमा ५८, गण्डकीमा ५२ दलले निवेदन दिएका छन् । लुम्बिनीमा ५४, कर्णालीमा ४९ र सुदूरपश्चिममा ५० वटा निवेदन परेको अर्यालले जानकारी दिए ।