Logo
Logo

राष्ट्रपतिलाई कांग्रेसको उधारो वचन


26.1k
Shares

फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिलाई विद्यादेवी भण्डारीलाई अर्कोपटक नागरिकता विधेयक ल्याउँदा लैंगिक समानता र वैवाहिक अङ्गीकृतको मुद्दा सम्बोधन गर्ने वचन दिएको छ ।

संसद्ले प्रमाणिकरणका लागि पठाएको नागरिक विधेयक राष्ट्रपतिले फिर्ता पठाएको थियो । विधेयक फिर्ता गर्दा राष्ट्रपतिले लैंगिक समानता र अंगीकृत नागरिकताको विषयमा समाधान खोज्नुपर्ने भनेका थिए ।

राष्ट्रपतिले विधेयक फिर्ता पठाएलगत्तै प्रतिनिधिसभाले पुनः प्रमाणिकरणका लागि हुबहु पारित गर्यो । राष्ट्रियसभाले पनि हुबहु पारित गरेको छ । हाल विधायन समितिमा पठाएको छ । केही दिनमा पुनः प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पुग्ने छ ।
संवैधानिक व्यवस्थाअनुसार दोस्रोपटक प्रमाणिकरणका लागि आउने विधेयक राष्ट्रपतिले रोक्न मिल्दैन । त्यसैले राष्ट्रपति अप्ठ्यारोमा परेका छन् ।

१५ बुँदे सन्देशसहित विधेयक फिर्ता पठाए पनि जस्ताको त्यस्तै फिर्ता आउने भएपछि राष्ट्रपति नैतिक सङ्कटमा छन् । त्यसैले राजनीतिक दलसँग पालैपालो छलफल गरिरहेका छन् । 

राष्ट्रपतिले सोमबार सत्ता गठबन्धनका नेतृत्व दल नेपाली कांग्रेससँग छलफल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र नेता ज्ञानेन्द्रबहादुर कार्की शीतल निवास पुगेका थिए । 

कांग्रेससँगको छलफलका क्रममा राष्ट्रपतिले विधेयकबारे आफ्नो १५ बुँदै सुझावबारे छलफल नभएको भन्दै असन्तुष्टि जनाएका थिए । 

जवाफमा कांग्रेस सभापति देउवाले राष्ट्रपतिले संविधानभित्रै रहेर नागरिकता विधेयक फिर्ता गरेकाले आफूहरूको कुनै गुनासो नभएको बताउँदै भविष्यमा नागरिकता विधेयक आउँदा लैंगिक समानता र अंगीकृत नागरिकताको विषयमा कांग्रेसले राष्ट्रपतिकै चासोको आधारमा भूमिका खेल्ने आश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्