Logo
Logo

विमानस्थलमा भागाभाग


241.6k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको सेटिङ खुलेको समाचार गत साता दृष्टि साप्ताहिकमा आएसँगै प्रहरी त्यसविरुद्ध अप्रेसन चलाएको छ । एक सातायता विमानस्थलमा प्रहरीले नक्कली कागजपत्र पेश गरी विदेश जानेहरुलाई रोक्न थालेको छ । यसले विमानस्थलमा हल्लीखल्ली मच्चिएको छ ।

श्रम डेस्कमा लागेको लाइन-फाइल तस्वीर

विमानस्थलस्थित अध्यागमन र एयरलाइन्सकै सेटिङमा भिजिट भिसाको धन्दा फष्टाएको थियो । अध्यागमन प्रमुख पुष्पराज शाहीले गृह मन्त्रालयको समेत सहयोग पाएपछि सेटिङ खुलाएका थिए । तर, एक सातायता अध्यागमनको कमाई पनि शून्यमा झरेको छ ।

प्रहरीले सुरुमा नै कागजात चेक गर्दा दैनिक एक सय जना भन्दा धेरै भिजिट भिसाका नाममा वैदेशिक रोजगारीमा जाने खुलेको हो । यसरी हुने सेटिङमा अध्यागमन र एयरलाइन्सका कर्मचारीले एक व्यक्ति बराबर एक लाख रुपैयाँसम्म लिने गरेका छन् । यस्ता पैसा गृह मन्त्रालयसम्म पुग्ने गरेको छ । यसअघि पनि सेटिङमा मुछिएका अध्यागमन प्रमुख शाहीलाई गृह मन्त्रालयले जोगाएको थियो ।

पछिल्लो समय गिरोहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत हातमा लिएको दाबी गर्दै आएको छ । आयोगले पनि खुलेआम सेटिङमा छानबिन गरेको छैन ।

विमानस्थलको प्रहरी भने नमिलेपछि उनीहरु समस्यामा परेका हुन् । विमानस्थल प्रहरीका प्रमुख डिआइजी श्यामलाल ज्ञवालीले यतीबेला सबैंको भागाभाग बनाएका छन् । तर, केही समयलाई हो कि उनले सधैं यो कामलाई निरन्तरता दिन्छन् त्यो भने हेर्न बाँकी छ ।

यस्तो सेटिङबारे छानबिन गर्ने जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)लाई दिइएको छ । आफैं प्रोएक्टिभ भएर अनुसन्धान गर्ने निकाय भएपनि सिआइबीले यो घटनाको अनुसन्धानलाई प्राथमिकता राखेको छैन । जसकारण गिरोहको सेटिङ सिआइबीमा समेत रहेको आशंका गरिएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो त पछिल्लो समय निकम्मा भएको छ । ब्यूरोका एसएसपी अनुराग द्वीवेदीलाई कहाँबाट पैसा आउँछ भन्ने बाहेक अरु चासो नभएको एक प्रहरी अधिकृत बताउँछन् । सोही कारण मानव बेचबिखनले सेटिङमा हुने मानवतस्करीमा चासो दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्