Logo
Logo

पशुपतिको पूर्वी ढोका १४ वर्षपछि दिनभरिका लागि खोलियो


756
Shares

फाइल फाेटाे।

काठमाडौं । तीजको अवसरमा पशुपतिनाथ मन्दिरको ४ वटै ढोका खुला गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार यसपालि पूर्वी ढोका दिनभरि नै खुला गरिने छ । यसअघि यो ढोका शिवरात्रिका बेला केहीबेर खुलाइएको थियो ।

पूर्वी ढोका २०६५ सालपछि पहिलोपटक दिनभरिका लागि खोलिएको प्रवक्ता अधिकारीले बताए । कोटेश्वर-तीनकुने -सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर-आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको कोषले जनाएको छ ।

दोस्रो लाइन मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । तेस्रो लाइन गौशाला-पिङ्गलास्थान-पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । चौथो लाइन गुह्येश्वरी-उमाकुण्ड-कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ ।

भक्तजनको स्वास्थ्यलाई ख्याल गर्दै पशुपति परिसरमा स्वास्थ्य शिविर पनि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्