Logo
Logo

कोरियामा कोभिडबाट एकैदिन ७१ जनाको मृत्यु


819
Shares

सोउल । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेहरूको संख्या तिव्र रूपमा बढेको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सोमबार दक्षिण कोरियामा ७१, मलेसियामा आठ र न्युजिल्याण्डमा ११ जनाको मृत्यु भएको छ । न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार घटेको छ ।

एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेका थिए । बिरामीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसैबीच, मलेसियामा सोमबार मध्यरातसम्मको विवरणअनुसार कोभिड–१९ बाट आठ जनाले ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा कोरोना भाइरस संक्रमणबाट ३६ हजार दुई सय छ जनाको मृत्यु भइसकेको छ ।

दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । सोमबार एकै दिन ७१ जनाको मृत्यु भएको छ । सोमबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा एक लाख १५ हजार छ सय ३८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३१ लाख ४२ हजार चार सय ७९ पुगेको सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्