काठमाडौं । कीर्तिपुर नगरपालिकामा मेयर राजकुमार नकर्मीले सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । मेयर नकर्मीले आफनो कार्यकालको सय दिनमा भएका प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भएको प्रगति विवरणअनुसार कीर्तिपुर नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दालाई कीर्तिपुर अस्पतालमा ५० प्रतिशत उपचार खर्च छुट र मोडल अस्पतालमा २५ प्रतिशत छुट गरेको उल्लेख छ ।
यस्तै नगरपालिकाले प्रत्येक वडामा २-२ वटा राष्ट्रिय परिचय पत्रको लागि केन्द्र स्थापना गरेको नगर प्रमुख राजकुमार नकर्मीले बताए । उनले नगरपालिकाले एम्बुलेन्स र शववाहन पनि निःशुल्क गरेको बताएका छन् ।
त्यसैगरी नगरपालिकाले एक घर एक स्नातक कार्यक्रम अन्तर्गत ३ वटा कलेज मंगलम बहुमुखी क्यम्पस, जलाधार समुदायिक क्याम्पस, शहिद स्मारक कलेजसँग स्थानिय बासीन्दाहरुलाई स्नातक तह अध्यनमा निसुल्क हुनेगरी छात्रवृद्धिकाे व्यवस्था गर्न सम्झौता गर्ने र छिट्टै लागु गर्ने लगायत विभिन्न कार्यक्रंम प्रस्तुत गरेका छन् ।