Logo
Logo

चाडपर्वमा यातायातलाई सहज बनाउन आग्रह


126
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चाडपर्वको समयमा यातायात क्षेत्रलाई सहज र व्यवस्थित गर्न सरकारलाई आग्रह गरेका छन् ।

सहमहामन्त्री यादवले आज गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर ठूला चाडपर्व नजिकिएको बेलामा सार्वजनिक यातायामा सुरक्षित यात्रा र सहज यातायातको व्यवस्था गर्न ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेसको निवर्तमान यातायात समन्वय विभागका प्रमुखसमेत रहनुभएका यादवले ट्रक व्यवसायी महासङ्घको विधानबारे पनि छलफल गरेका थिए ।

उनले यातायात क्षेत्रमा देखिएका वर्तमान विषयवस्तुलाई विधानमा समेटेर अगाडि बढ्ने बारेमा छलफल गरेका गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।

भेटमा गृहमन्त्री खाणले चाडपर्वको समयमा सहज यातायातको व्यवस्थापनबारे सरकार सजक रहेको बताए । उनले मुख्य चाडपर्व नजिकिएको वेलामा यातायात व्यवस्थित र सहज बनाउन अहिलेबाट नै पहल गरिरहेको स्पष्ट पारे । भेटमा गृहसचिव टेकनारायण पाण्डेको समेत उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्