Logo
Logo

कास्की-१ बाट निर्वाचन लड्न गगन थापाले दिए आवेदन


6.1k
Shares

काठमाडौं । कास्की-१ बाट सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय संसदको निर्वाचन लड्न आवेदन दिएका छन् ।

Gagan-Thapa

यसअघि काठमाडौं निर्वाचन क्षेत्रनम्बर ४ बाट चुनाव लड्दै आएका उनले बुधबार महामन्त्री थापाले कास्कीबाट निर्वाचन लड्न निवेदन दिएका हुन् ।

थापाले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ८ को दफा ३० को उपदफा १ बमोजिम आवेदन दिएका हुन् । उनले कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत निवेदन दर्ता गरेका हुन् ।

महामन्त्री थापाले बुधबार नै काठमाडौं–४ बाट पनि निर्वाचन लड्न आवेदन दिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्