Logo
Logo

विधायन समितिबाट नागरिकता विधेयक पारित


2.7k
Shares

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकबाट नागरिकतासम्बन्धी विधेयक पारित भएको छ । बुधबार बसेको समिति बैठकले प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई छलफलपछि हुबहु पारित गरेको हो ।

नेकपा एमालेले विधेयकमा लिखित अहसमति राखेको छ । तर, समितिमा सत्तारुढ गठबन्धनमा रहेका दलको बहुमत रहेकाले विधेयक पारित भयो । समितिले आफ्नो प्रतिवेदनसहित राष्ट्रियसभामा पेश गर्नेछ । राष्ट्रियसभाको बैठक बिहीबार नै बस्दैछ ।

एमालेले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेको ७ वर्षपछि वैवाहिक अंगीकत नागरिकता दिने, यसरी नागरिकता लिँदा जन्म भएको देशको नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्ने एमालेको फरक मत छ ।

विवाहपछि भने राजनीतिक र प्रशासनीक बाहेकका अधिकार उपभोग गर्न परिपयपत्र दिने र त्यो परिचयपत्र नागरिकता प्राप्तिको आधार हुने पनि एमाले सांसदहरुको फरक मतमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्