Logo
Logo

एमालेद्वारा काठमाडौंका १० वटै क्षेत्रबाट उम्मेदवार सिफारिस, को कहाँबाट ?


19.2k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ ।

एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले काठमाडौं- १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई र क्षेत्र नम्बर २ बाट मणिराम फुयाँल, ३ मा कृष्ण राईको नाम सिफारिस गरेको छ ।

त्यस्तै, काठमाडौं-४ मा राजन भट्टराई र निर्मल कुँइकेल, ५ मा ईश्वर पोखरेल, ६ मा कल्पना रिजाल, योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ ।

काठमाडौं-७ मा विपी ढकाल, इन्दिरा पन्त, श्याम घिमिरे, विद्यासुन्दर शाक्य र रघुजी पन्त र काठमाडौं-८ बाट राजेश शाक्यको नाम सिफारिस भएको छ । काठमाडौं-९ बाट कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य र विद्यासुन्दर शाक्यको नाम सिफारिस भएको छ ।

१० बाट विनोद श्रेष्ठ, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन र शरब महर्जनको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस्