Logo
Logo

भोट माग्न जाँदा जनतासँग माफी माग्नुपर्छ : सुदन किराती


28.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एंव प्रतिनिधिसभा सदस्य सुदन किरातीले आगामी निर्वाचनमा भोट माग्न जाँदा जनतासँग माफी माग्नुपर्ने बताएका छन् ।

मओवादी केन्द्र जिल्ला समन्वय समिति, भोजपुरको विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रतिबद्धता पूरा गर्न नकसेको र राजनीतिक दलहरु बिग्रिएकाले जनतासँग माफी माग्नु पर्ने उनले बताए ।

सांसद किरातीले राजनीतिमा साख र नैतिकता कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनतर्फ संकेत गर्दै ‘राजाका मतियारहरु’ले नेताहरुलाई ‘चोर’ भन्न थालेको बताए ।

उनले भने, ‘इतिहासमा राजतन्त्रको अन्त्यपछि कि राजा फँसीमा चढ्छ कि निर्वासन जान्छ । तर नेपालमा आज राजाका मतियारहरुले हामी र हाम्रो नेताहरुलाई टुडिखेलमा राखेर चोर भन्न थालेका छन् ।’

जनताले विकल्प खोज्न थालेको र राजनीतिक दलहरु यथाशीघ्र सुध्रिनुपर्ने सांसद किरातीले बताए । उनले भने, ‘हाम्रो राजनीतिमा साख र नैतिकता कमजोर भएको छ । जनताले विकल्प खोज्न थालेका छन्, हामी यथाशीघ्र सच्चिनुपर्छ । ढिला गर्यौँ भने भगवानले पनि रक्षा गर्न सक्दैन । त्यसैले आउने निर्वाचनमा जनतासँग भोट माग्न माफी माग्दै जाउँ ।’

प्रतिक्रिया दिनुहोस्