Logo
Logo

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरूद्ध


756
Shares

काठमाडौँ । लगातारको वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्व भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ केराबारीस्थित नारायणगढ(मुग्लिन सडक खण्डमा बिहीबार बिहान माथिबाट लेदो सहितको पहिरो झर्दा सडक अवरूद्व भएको हो ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने पहल गरिरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिएका छन्।

बाटो अवरूद्ध भएसँगै दुबै तर्फ सवारीको लामो लाइन लागेको छ। यसअघि पनि पानी पर्नासाथ चितवन-मुग्लिन सडक खण्ड अवरूद्ध हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्