Logo
Logo

लिग वानः पीएसजी शीर्ष स्थानमा कायमै


756
Shares

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले टुलुजलाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलको ३७औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई शुरुआती अग्रता दिलाए । ५०औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेर अग्रता दोब्बर पारे ।

खेलको ९०औं मिनेटमा जुआन बर्नेटले गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाए ।

जितसँगै पीएसजी शीर्षस्थानमा कायम छ ।

प्रतिक्रिया दिनुहोस्