Logo
Logo

डेंगुबाट एक महिलाको मृत्यु


945
Shares

काठमाडौं । डेंगुको संक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीका अनुसार उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनका अनुसार धनगढी उपमहानगरपालिका–१२ का ती महिलाको मंगलबार मृत्यु भएको हो । ती महिलामा अस्पतालले डेंगु भएको पुष्टि गरेको धामीले जानकारी दिए ।

हालसम्म २ हजार ८२७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । देशभर ७२ जिल्लामा डेंगुका बिरामी फेला परेका छन् । सबैभन्दा बढी ललितपुरमा एक हजारभन्दा बढीलाई संक्रमण भएको छ । त्यसैगरी, काठमाडौं, रूपन्देही, धादिङ लगायतका जिल्लामा डेंगुको प्रकोप बढ्दो क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्