Logo
Logo

सिट बाँडफाँटमा कांग्रेस लचक, अरुको अडान कायमै


12k
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पाउने सिट संख्यामा लचक भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतासहित गठबन्धन बैठकमा यसअघि दावी गरेको सय सिटबाट कांग्रेस तल झरेको नेताहरुले बताएका छन् । कांग्रेसले ९० सिट प्रत्यक्षमा पाउनुपर्ने नयाँ प्रस्ताव गरेको बताइएको छ ।

फाइल फोटो

कांग्रेसले आफ्नो दावी छोड्नेबित्तिकै कुरा मिल्ने बैठकमा सहभागी नेताहरुको तर्क छ । कांग्रेस लचक भएपछि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) पनि आफ्नो अडानबाट पछि हट्न तयार छन् । पहिला कांग्रेसले सहमति गर्नुपर्ने उनीहरुको सर्त छ ।

चार दलले कांग्रेसलाई ८० देखि ८५ सिटमा ल्याएर सहमति गराउन चाहेको बताइएको छ । अन्य चार दलले ७५ देखि ८० सिट बाँडफाँट गर्न चाहेका छन् ।

शीर्ष नेतासहितको कार्यदलको बैठक बुधबार पनि बसेको थियो । सिट संख्यामा सहमति गरेपछि मात्र निर्वाचन क्षेत्रमा छलफल गर्ने गठबन्धनका नेताहरुको भनाई छ ।

प्रत्यक्षतर्फका प्रतिनिधि सभाको १ सय ६५ र प्रदेश सभाको ३ सय ३० सिटमा सिट बाँडफाँट गरेर गठबन्धन चुनावी अभियानमा जाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्