Logo
Logo

ललितपुर महानगरले पनि भत्काउन थाल्यो सडक मिचेर बनाइएका संरचना


1.4k
Shares

ललितपुर । ललितपुर महानगरपालिकाले फुटपाथ (सडकपेटी) मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । शुक्रबार महानगरले ललितपुरको लगनखेलमा रहेको महानगरकै भवनमा रहेको एक होटलले नियम विपरीत बनाएको संरचना हटाएको हो । सो क्रममा महागरले फुटपाथमा व्यापार नगर्न आग्रह गरेको छ ।

ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख सिताराम हाछेथुले फुटपाथ मिचेर बनाइएका संरचना हटाउन आफ्नै मातहतको कार्यालयबाट सुरु गरिएको जानकारी दिए । महानगरभित्र अनधिकृत रुपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई भने दशैँपछि हटाउने र सूचना जारी समेत भइसकेको उनले बताए ।

अनधिकृत संरचना कसैले अटेर गरी नहटाएको पाइएमा प्रक्रिया पूरा गरेर महानगरले हटाउने उनको भनाई छ ।
हाछेथुले अहिले नै महानगरभित्र डोजर लगाउने अवस्था नरहेको र महानगरले दिएको समयमा व्यवसायीहरु आफैले अनाधिकृत संरचना हटाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्