Logo
Logo

नवौँ राष्ट्रिय खेलकुदः कञ्चनपुरमा ४४८ खेलाडी छानिए


252
Shares

कञ्चनपुर । नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरबाट विभिन्न खेलका ४ सय ४८ खेलाडी छनोट भएका छन् ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले २९ खेलका लागि खेलाडी छनोट भएको बताए । छनोट भएका खेलाडी यही महिनाभित्र सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुनेछन् ।

सुदूरपश्चिमले राष्ट्रिय प्रतियोगितामा ३१ खेलमा प्रतिस्पर्धाका लागि तयारी गरेको बुझिएको छ । समितिले अहिले छनोटमा परेका खेलाडीलाई हप्ता दश दिन बन्द प्रशिक्षणमा राख्ने विषयमा गृहकार्य गरिरहेको छ ।

बन्द प्रशिक्षण सञ्जालनका लागि ३ लाख खर्च हुने अनुमान गरिएको छ । कञ्चनपुरले कुस्ती, हक्की, कबड्डी, भारोत्तोलन, कराँते, तेक्वान्दो, बक्सिङलगायतका खेलमा खेलाडीले राष्ट्रियस्तरमै पदक दिलाउने आशा गरेको छ ।

त्यसैगरी आफूसित उपलब्ध भएका खेलकुद संरचना भएका खेलको प्रदेश छनोट कञ्चनपुरमै हुनुपर्ने खेलकुद विकास समितिले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्