Logo
Logo

झुटा विल बनाएर भ्रष्टाचार, वडा अध्यक्ष, इन्जिनियरसहित ६ जना अख्तियारको फन्दामा


5.7k
Shares


काठमाडौं । झुटा बिल बनाई भ्रष्टाचार गर्ने ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालिन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठ, सव इन्जिनियरङ दानबहादुर बुद्थापा, सोरु गाउँपालिका ४ का तत्कालिन वडा अध्यक्ष डवले शाही, तथा उपभोक्ता समितिका अध्यक्ष हस्तविर दमाई, सचिव लोकजंग दमाई र कोषाध्यक्ष भिमलाल दमाईविरुद्ध मुद्दा दायर भएको हो ।


मुगुको सोरु गाउँपालिका वडा नम्बर ४ मा तटबन्धन आयोजनाको झुटा बिल बनाई उनीहरुले कामै नगरी काम गरेको कागजपत्र बनाएर भ्रष्टाचार गरेको आयोगले जनाएको छ । कार्यालय प्रमुख समेतको मिलेमतोमा १८ लाख १० हजार रुपैयाँ मिनामिना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्